ad ad

खेल


कुवेतसँगको खेल रद्द, एसिसी इमर्जिङ टिम्स एसिया कपमा छनोट भयो ओमान

कुवेतसँगको खेल रद्द, एसिसी इमर्जिङ टिम्स एसिया कपमा छनोट भयो ओमान

नेपालखबर
बैशाख १७, २०८० आइतबार १७:४४, काठमाडौँ

एसिसी प्रिमियर कपमा तेस्रो स्थानका लागि कुवेतसँगको खेल रद्द भएसँगै ओमान एसिसी इमर्जिङ टिम्स एसिया कपमा छनोट भएको छ।

वर्षाको कारण दोस्रो इनिङस्को खेल हुन नसकेपछि ओडिआई वरियताको आधारमा ओमान इमर्जिङ टिम्स एसिया कपमा पुगेको हो।

१ सय ३१ रनको लक्ष्य पछ्याएको ओमानले ६ ओभरमा विना विकेटको क्षति ४१ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो। त्यसपछि वर्षाका कारण खेल हुन सकेन। 

खेलमा सुपर ओभर गराउन खोजिएपनि मैदान सुक्न समय लाग्ने भएपछि  सुपर ओभर हुन सकेन। जसको कारण ओडिआई वरियताको आधारमा ओमान इमर्जिङ टिम्स एसिया कपमा छनोट भएको हो। ओमान ओडिआइ वरियताको  १८औं ओडिआई स्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .