गुलशन झाले बसिर अहमदलाई बोल्ड आउट गर्दै नेपाललाए छैटौँ सफलता दिलाएका छन्।
यो विकेटसँगै यूएई दबाबमा आएको छ। गुलशनले २२.५ ओभरमा बसिरलाई १० रन रनमा बोल्ड गरेका हुन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको यूएईले २३ ओभरको समाप्तीमा ६ विकेट गुमाएर ९२ रन बनाएर खेलिरहेको छ।
सोमपाल कामीले चौथो ओभरको पहिलो बलमा ओपनर मुहम्मद वसिमलाई ललित राजवंशीको हातबाट क्याच आउट गराउँदै नेपाललाई पहिलो सफलता दिलाएका थिए।
पाचौं ओभरको पाँचौ बलमा करण केसीले वृत्या अरविन्दलाई ८ रनमा विकेट किपर आशिफ शेखको हातबाट आउट गराए।
८.१ ओभरमा करणले नै आर्यन लाक्रालाई १३ रनमा आरिफ शेखको हातबाट क्याच आउट गराउँदै पवेलियनको बाटो देखाए। रमिज शहजाद ९.१ ओभरमा १ रन बनाउँदा ललित राजवंशीको बलमा गुलसन झाबाट क्याच आउट भए।
सन्दीप लामिछानेले १३.१ ओभरमा रोहन मुस्तफालाई २ रनमा कुशल मल्लको हातबाट क्याच आउट गराए।
घरेलु टोली नेपाल दर्शक र घरेलु मैदानको फाइदा उठाउँदै एसिया कप पुग्ने लक्ष्यमा छ। उता युएई पनि नेपाललाई घरेलु मैदानमा स्तब्ध पर्ने येजनामा हुनेछ।
Shares
प्रतिक्रिया