एसीसी प्रिमियर कपको फाइनलमा नेपालले तीन विकेट गुमाएको छ।
दोस्रो ओभरको दोस्रो बलमा कुशल भुर्तेल १ रन बनाएर आउट भए। कुशल रोहन मुस्तफाको बलमा एलबीडब्लु धरापमा पर्दै पवेलियन फर्केका थिए।
सातौँ ओभरको पहिलो बलमा आशिफ शेख ८ रनमा आउट भए। आशिफ अफ्जाल खानको बलमा एलबीडब्लु धरापमा परे।
एसीसी प्रिमियर कपको फाइनलमा कप्तान रोहित पौडेल १ रनमा बोल्ड आउट भए। रोहित ७.६ ओभरमा रोहन मुस्तफाको बलमा बोल्ड आउट भए।
नेपालले आठ ओभरको सामाप्तीमा ३ विकेट गुमाएर २२ रन बनाएर खेलिरहेको छ। क्रिजमा गुलसन झा १२ र भीम सार्की शुन्य रनमा नटआउट छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको यूएईले ११८ रनको लक्ष्य दिएको छ।
18
Shares
प्रतिक्रिया