एसीसी प्रिमियर कपको फाइनलमा युएईले दिएको १ सय १८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरको सामाप्तिमा ३ विकेट गुमाएर ६८ रन बनाएर खेलिरहेको छ।
चौथो विकेटका लागि गुलसन झा र भिम सार्कीले ४६ रनको नटआउट साझेदारी गर्दै नेपालको इनिङस् सम्म्हालिरहेका छन्।
गुलसन झा ४७ र भिम सार्की ८ रनमा नटआउट छन्।
जारी खेलमा वर्षा भएपनि नेपाललाई अब कुनै फरक पर्ने छैन। नेपालले २० ओभरमा ४८ रन बनाउनुपर्ने थियो।
कप्तान रोहित पौडेल ७.६ ओभरमा रोहन मुस्तफाको बलमा १ रनमा बोल्ड आउट भए। नेपालले सातौं ओभरमा नै दुवै ओपनरलाई गुमाएको थियो।
दोस्रो ओभरको दोस्रो बलमा कुशल भुर्तेललाय गुमाएको थियो। १ रन बनाएका कुशल रोहन मुस्तफाको बलमा एलबीडब्लु धरापमा पर्दै पवेलियन फर्केका थिए।
सातौँ ओभरको पहिलो बलमा आशिफ शेख ८ रनमा आउट भए। आशिफ अफ्जाल खानको बलमा एलबीडब्लु धरापमा परे।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको युएई ३३.१ ओभरमा १ सय १७ रनमा अलआउट भयो।
हिजो सोमबार २७.३ ओभरमा युएई ९ विकेट गुमाएर १०६ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो। आज त्यही स्थितीबाट खेल सुरु भएको थियो।
Shares
प्रतिक्रिया