नेपालले २१ वर्षपछि एसिया कप क्रिकेट प्रतियोगिताको टिकट काटेको छ।
एसीसी प्रिमियर कप क्रिकेटको फाइनल भिडन्तका यूएईलाई ७ विकेटले हराएपछि नेपालले एसिया कपमा भारत र पाकिस्तानसँगको भिडन्त पक्का गरेको हो।
आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने भनिएको एसिया कपका लागि समूह 'ए' मा नेपालसँगै भारत र पाकिस्तान पनि रहेका छन्।
हजारौँ समर्थकबीच गुलशन झा र भीम सार्कीको उत्कृष्ट साझेदारीले नेपालको एसिया कप यात्रा सहज भएको हो।
गुलशन झा ६७ र भीम सार्की ३६ रनमा नटआउट रहेको खेल करिब एक पक्षीय थियो।
८४ बलको सामना गरेका गुलशनले ३ चौका र ६ छक्का प्रहार गरे। भीमले ७२ बलमा ४ चौका हाने।
जितपछि क्रिकेटरहरुले मैदानमा घुमेर समर्थकहरुसँग खुसी साटेका थिए।
120
Shares
प्रतिक्रिया