ad ad

खेल


साम्बाको २ गोलमा होप्सविरुद्ध गोकुलम केरलाको शानदार जित

साम्बाको २ गोलमा होप्सविरुद्ध गोकुलम केरलाको शानदार जित

नेपालखबर
बैशाख १९, २०८० मंगलबार १३:२६, काठमाडौँ

गोकुलम केरला एफसीले भारतीय महिला लिगमा अपराजित यात्रालाई कायमै राखेको छ। 

मंगलबार बिहान भएको समुह चरणको तेस्रो खेलमा गोकुलमले होप्स फुटबल क्लबलाई ३–० गोल अन्तरले हराएको हो। 

खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मुख्य स्ट्राइकर सावित्रा भण्डारी साम्बाको दुई गोल गरिन्।

खेलको ३८ औँ मिनेटमा असिम रोजा देवीको गोलमा गोकुलमले सुरुवाती अग्रता बनाएको थियो। पहिलो हाफमा १–० ले अग्रता बनाएको गोकुलमका लागि साम्बाले दोस्रो हाफमा दुई गोल थपिन्। 

खेलको ४९ औँ मिनेटमा सावित्राले गोल गर्दै गोकुलमको अग्रता दोब्बर पारिन्। 

खेलको ६३ औँ मिनेटमा सावित्राले व्यक्तीगत दोस्रो गोल गर्दै गोकुलमलाई ३–० को अग्रता दिलाइन्। 

लिगको ३ खेलमा लगातार गोल गरेकी साम्बा सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा रहेकी छन्। सावित्राले ३ खेलमा ११ गोल गरेकी छिन्। 

लगातार तेस्रो जित निकालेको गोकुलम ९ अंकमा समुह 'ए'को शीर्ष स्थानमा यथावत छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .