राष्ट्रपति रामचन्द्र पौडेलले एसिया कपमा छनौट नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन्।
मंगलबार एक सन्देश प्रकाशित गरी राष्ट्रपति पौडेलले खेलाडी, प्रशिक्षक तथा सम्बन्धित पदाधिकारीहरूलाई बधाई दिएका हुन्।
कीर्तिपुरस्थित खेल मैदानमा आज सम्पन्न भएको एसीसी प्रिमियर कप क्रिकेटको फाइनल खेलमा युनाइटेड अरब इमिरेट्सलाई हराउँदै नेपाली क्रिकेट टोलीले विजय हासिल गरी एसिया कपमा छनौट भएको हो।
‘खेलको क्रममा नेपाली खेलाडीहरूले देखाउनुभएको दक्षता, धैर्यता, लगनशीलता र अनुशासनको म मुक्त कण्ठले प्रशंसा गर्न चाहन्छु’ राष्ट्रपतिले भनेका छन्, ‘भविष्यमा पनि यस्तै उत्कृष्ट प्रदर्शन गर्दै उहाँहरूले नेपाल र नेपालीको नाम राख्नुहुनेछ भन्ने विश्वास व्यक्त गर्दै आगामी प्रतियोगिताहरूको लागि पनि शुभकामना व्यक्त गर्न चाहन्छु।’
Shares
प्रतिक्रिया