इल्केए गुन्डोगानका दुई गोलमा शीर्षस्थानको म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडविरुद्ध संघर्षपूर्ण जित हासिल गरेको छ।
शनिबार राति घरेलु मैदान इतिहाद स्टेडियमा सिटीले लिड्सलाई २–१ गोल अन्तरले हराएको हो। लिड्सका लागि रोड्रिगोले एक गोल फर्काए।
खेलको १९औं मिनेटमा गुन्डोगानले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए। खेलको २९औं मिनेटमा गुन्डोगानले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे।
पहिलो हाफमा २–० ले अग्रता बनाएको सिटीले दोस्रो हाफमा एक गोल खान पुग्यो। ८४औं मिनेटमा गुन्डोगान पेनाल्टीमा चुक्दा ह्याट्रिक नजिक पुगेर पनि रोकिए।
८५औं मिनेटमा रोड्रिगोले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए।
जितसँगै शीर्ष स्थानमा रहेको सिटीले उपाधि जित्ने सम्भावना बलियो बनाएको छ। सिटीले ३४ खेलबाट २ अंक बनाएको छ। समान खेलबाट दोस्रो स्थानमा रहेको आर्सनलको ७ अंक छ।
Shares
प्रतिक्रिया