मछिन्द्र फुटबल क्लबका मुख्य फरवार्ड विमल घर्तीमगर तीन साता मैदान बाहिर रहने भएका छन्।
शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आइतबार एपीएफ क्लबसँगको खेलमा चोट लागेपछि विमल तीन साता मैदान बाहिर रहने भएका हुन्।
विमलको दायाँ खुट्टाको एङकलमा सेकेन्ड डिग्री स्प्रेन भएको छ। एपीएफविरुद्ध खेलमा ल्यान्डिङ नमिल्दा चोट लागेको थियो।
उनले खुट्टामा स्ल्याब हालेर प्लास्टर गरेकाले अबको तीन साता मैदान बाहिर रहने क्लबका फिजियोथेरापिस्ट सुरज भुसालले बताए।
चोटका कारण विममले खेलको ३३ औं मिनेटमा मैदान छाडेका थिए।
१५ खेलमा मछिन्द्रले ६ खेलमा जित, ६ खेलमा बराबरी र ३ खेलमा हार भोग्दै २४ अंकमा तालिकाको चौथो स्थानमा छ।
45
Shares
प्रतिक्रिया