आगामी महिनाको पहिलो साता हुने काभा महिला भलिबल च्यालेन्ज कप २०२३ को ट्रफीको सोमबार अनावरण गरिएको छ।
नेपाल भलिबल संघले काठमाडौमा एक कार्यक्रम गर्दै प्रतियोगिताको ट्रफी सार्वजनिक गरेको हो। राष्ट्रिय खेलकुद परिषद् का सदस्य सचीव टंकलाल घिसिङले ट्रफि सार्वजनिक गरे।
प्रतियोगिताका लागि ढोरपाटन क्लबले १ लाख रूपैयाँ सहयोग हस्तान्तरण गरेको छ। क्लबका कोषाध्यक्ष छल कुमारी छन्त्यालले संघका कोषाध्यक्ष श्याम श्रेष्ठलाई हस्तान्तरण गरिन्।
जेठ ८ गतेदेखि १४ गतेसम्म हुने प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, श्रीलंका, उज्वेकीस्तान, मालिदभ्स, काजकीस्तान,किर्गिस्तान गरि ८ टोलीले सहभागिता जनाउँदैछन्।
प्रतियोगिताका लागि नेपाली टोली अहिले बन्द प्रशिक्षणमा व्यस्त छ।
21
Shares
प्रतिक्रिया