ad ad

खेल


ब्राइटनमाथि एभर्टनको सानदार जित

ब्राइटनमाथि एभर्टनको सानदार जित

नेपालखबर
बैशाख २६, २०८० मंगलबार १२:५९, काठमाडौँ

ब्राइटन एण्ड होव इल्वियनमाथि सानदार जित निकाल्दै एभर्टनले रेलिगेसन क्षेत्र छाडेको छ।

इंग्लिस प्रिमियर लिग अन्तर्गत सोमबार राति ब्राइटनको घरेलु मैदानमा भएको खेलमा एभर्टनले ५–१ को सानदार जित निकालेको हो।

एभर्टनको जितमा अब्दुलाये डुकोरे र ड्वाइट एमसीनेल्सले समान दुई गोल गरे। एक गोल स्टीलीले उपहार दिए। ब्राइटनका लागि म्याक एलिस्टरले फर्काए।

एभर्टनका लागि डुकोरेले खेल सुरु भएको ३४ सेकेण्डमा नै गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। २९ औं मिनेटमा डुकोरेले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे।

खेलको ३५ औं मिनेटमा स्टीलीले आत्मघाती गोल गर्दा एभर्टनले खेलमा ३–० को अग्रता लियो। खेलको पहिलो हाफमा नै फराकिलो अग्रता बनाएको एभर्टनका लागि खेलको ७६ औं मिनेटमा म्याकनेलले गोल गर्दै अग्रता फराकिलो पारे।

७९ औं मिनेटमा म्याक एलिस्टरले गोल गर्दै ब्राइटनलाई ४–१ को अवस्थामा ल्याए। इन्ज्युरी समयमा म्याकनेलले व्यक्तिगत दोस्रो गोल गर्दै एभर्टनलाई ५–१ ले जित दिलाए।

जितसँगै एभर्टन १७ औं स्थानमा उक्लेको छ। एभर्टनले ३५ खेलबाट ३२ अंक बनाएको छ।

गएराति कै अर्को खेलमा फुलहामले लेष्टरलाई ५–३ ले पराजित गरेको छ। ३५ खेलबाट ३० अंक बनाएको लेष्टर रेलिगेसनको खतरामा छ।

पुछारमा रहेको साउथहेप्टन नटम फरेष्टसँग ४–३ ले पराजित भयो। ३५ खेलबाट २४ अंक बनाएको साउथहेप्टन अंक तालिकाको पुछारमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .