च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा रियल मड्रिड र म्यानचेस्टर सिटीले बराबरी गरेका छन्।
रियलको घरेलु मैदान सान्टियागोमा मंगलबार राति भएको पहिलाे लेग १-१ गाेलकाे बराबरीमा सकिएको छ।
खेलको ३६ औं मिनेटमा भिनिसियस जुिनयरकाे गाेलमा रियलले सुरुवाती अग्रता लिएपनि त्यसलाइ जाेगाउन नसक्दा बराबरी गर्न पुग्याे।
पहिलाे हाफमा १-० ले अग्रता बनाए पनि दोस्रो हाफमा सिटीले बराबरी गोल फर्कायाे।
खेलकाे ६७ औं मिनेटमा सिटीले कप्तान इल्काए गुन्डोगनको पासमा केभिन डे ब्रुएनाले गोल सिटिलाइ बराबरीमा ल्याए।
सेमिफाइनलकाे दोस्रो लेग सिटीको घरेलु मैदानमा अर्काे साता हुनेछ।
सेमिफाइनलकाे दोस्रो खेलमा बुधबार राती इन्टर मिलान र एसी मिलान भिड्नेछन्।
57
Shares
प्रतिक्रिया