ad ad

खेल


क्रिकेट टोलीलाई विराटनगरमा सम्मान, नगर परिक्रमा गराइयो

क्रिकेट टोलीलाई विराटनगरमा सम्मान, नगर परिक्रमा गराइयो

विराटनरमा नगर परिक्रमा गराइँदै। तस्बिर : ध्रुव भट्टराई


नेपालखबर
बैशाख २७, २०८० बुधबार १८:५६, विराटनगर

विश्वकप छनोटमा स्थान बनाएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई विराटनगरमा सम्मानसहित नगर परिक्रमा गराइएको छ।

नेपाली राष्ट्रिय क्रिकेट टिमले हालै एसिसी विश्वकप छनोटमा स्थान पक्का गरेको थियो। 

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समिति, मोरङ व्यापार संघ तथा उद्योग संगठन मोरङले संयुक्त रूपमा राष्ट्रिय टिमका क्रिकेट खेलाडीहरूको सम्मान सम्मानसहित विराटनगर परिक्रमा गराएका हुन। 

नगर परिक्रमाका क्रममा समर्थकको भिड लागेको थियो। विमानस्थलबाट नगर परिक्रमा सुरू भएको थियो। 

कोच मोन्टी देसाई, कप्तान रोहित पौडेल, सोमपाल कामी, ज्ञानेन्द्र मल्ल, लोकलब्वाइ ललितसहितका खेलाडीहरू सहभागी छन्। 

लिग २ का १२ मध्ये ११ खेल जितेर जिम्बावे यात्रा निश्चित गरेको नेपालले त्यहाँ विश्वकप  छनोट खेल्नेछ। 

वेस्ट इन्डिज, श्रीलंका, जिम्बावे, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड, ओमान, अमेरिका र  युएईले छनोट खेल्नेछन्।


 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .