यूईएफए च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनल खेलको पहिलो लेगमा इन्टर मिलानले एसी मिलानलाई हराउँदै फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ।
बुधबार राति भएको मिलान डर्बीमा इन्टरले एसी मिलानलाई २–० ले हराएको हो। इन्टरको जितमा इडेन जेको र हेनरिक मिखटरयानले गोल गरे।
इन्टरले खेलको सुरुवातमा नै दुइ गोल गर्दै आरामदायी अग्रता बनाएको थियो। खेलको आठौं मिनेटमा जेकोको गोलमा इन्टरले सुरुवाती अग्रता बनाएको थियो।
खेलको ११औं मिनेटमा हेनरिक मिखटरयानले गोल गर्दै इन्टरको अग्रता दोब्बर पारे। त्यसपछि खेलमा थप गोल हुन नसक्दा इन्टरले जित पक्का गरेको हो।
सेमिफाइनलको दोस्रो लेग यही मे १६ मा हुनेछ। दोस्रो लेगमा पनि इन्टरले यही लय कायम राख्न सके फाइनलमा पुग्नेछ। एसी मिलानले भने दोस्रो लेगमा कम्तीमा ३–० को जित हासिल गर्नुपर्छ।
यी दुइ टोलीका खेलको विजेताले फाइनलमा म्यानचेस्टर सिटी र रियल मड्रिडबीच एकसँग उपाधिका लागि भिड्नेछ।
Shares
प्रतिक्रिया