फ्रेन्ड्स क्लबलाइ पराजित गर्दै जावलाखेल युवा क्लब सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा फर्किएको छ।
जावलाखेलले १७ खेलबाट ३० अंक बनाउँदै शीर्ष स्थानमा पुगेको हो। समान अंक भएको चर्च ब्वाइज हेड टु हेड पछि पर्दै दोस्रो स्थानमा झरेको छ।
पराजित फ्रेन्ड्स १७ खेलमा १९ अंकसाथ ११ औं स्थानमा छ।
च्यासल मैदानमा भएको खेलमा जावलाखेलले फ्रेन्ड्स क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै शिर्ष स्थानमा उक्लेको हो।
जावलाखेलको जितमा एनकोटो मासोआबीले २ तथा राहुल राहुल र फोडे फोफानाले समान एक गोल गरे। फ्रेन्ड्सका श्याम बाबु क्यापछाकीको गोल शान्त्वना बन्यो।
खेलको २० औं मिनेटमा अब्दुलअजिज निशानबाएभको कर्नरमा डिफेन्डर राहुल राहुलले हेडर गोल गर्दै जावलाखेललाई सुरुवाती अग्रता दिलाए।
२६ औं मिनेटमा एनकोटो मासोआबीले गोल गर्दै जावालखेको अग्रता दोब्बर पारे। पहिलो हाफमा नै २–० ले अग्रता बनाएको जावलाखेलले दोस्रो हाफमा २ गोल थप्दा १ गोल खान पुग्यो।
खेलको ६४ औं मिनेटमा मासोआबीले पेनाल्टीमा गोल गर्दै जावलाखेललाई ३–० को अग्रता दिलाए। पेनाल्टी क्षेत्रभित्र एन्जल महर्जनले ह्यान्ड गरेपछि रेफ्री उमेश विदारीले जावलाखेललाई पेनाल्टीको अवसर दिएका थिए।
Shares
प्रतिक्रिया