आईसीसी विश्वकप छनोट अन्तर्गत जिम्बाब्बेविरुद्ध गुलसन झाले अर्को विकेट झारेका छन्। गुलसनले २३.२ ओभरमा वेस्ली माडभेरीको विकेट लिदै नेपाललाई जितको आशा देखाएका छन्।
दोस्रो विकेटका लागि कप्तान इभिल्स र वेल्सीले ८२ रनको साझेदारी गरेका थिए।
त्यसअघि आठौं ओभरको अन्तिम बलमा सोमपाल कामीले २५ रन बनाएका जोयलर्ट गुम्बीलाई एलबीडब्लु धरापमा पारे।
पहिलो विकेटका लागि जोयलर्ट र कप्तान क्रेग इर्विनले ४५ रनको साझेदारी गरेका थिए।
कप्तान इर्विन ६२ रन बनाएर क्रिजमा छन्।
नेपालले दिएको २९१ रनको लक्ष्य पछ्याएको जिम्बाब्बे २४.५ ओभरमा २ विकेट गुमाएर १ सय ३१ रन बनाएर खेलिरहेको छ।
हरारे स्पोट्र्स क्लबमा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ९० रनको योगफल तयार पारेको थियो।
Shares
प्रतिक्रिया