आईसीसी विश्वकप छनोटमा वेष्ट इण्डिजविरुद्ध पाँचौं विकेट गुमेपछि नेपाली टोली दबाबमा आएको छ।
वेष्ट इण्डिजले दिएको ३४० रनको विशाल लक्ष्य पछ्याएको नेपालले २३ औं ओभरको खेल जारी रहँदा ५ विकेट गुमाएको हो।
१ सय रन पनि कटाउन नसक्दा ५ विकेट गुमाएपछि नेपाली टोली संकटमा आएको हो।
२३ औं ओभरको पहिलो बलमा कुशल मल्ल २ रनमा आउट भए। अकेल होसेनको बलमा कुशल मल्ल क्याच आउट भए।
नेपालले दोस्रो ओभरमा नै ओपनर कुशल भुर्तेललाई ५ रनमा गुमाएको थियो। अल्जारी जोसेफको बलमा कुशल बोल्ड आउट भए।
पाँचौं ओभरमा नेपालले भिम सार्कीलाई गुमायो। ७ बलमा २ रन बनाएका भिम जेसन होल्डरको बलमा विकेटकिपरको हातबाट क्याच आउट भए।
नेपालले १२ औं ओभरको अन्तिम बलमा विकेट किपर आशिफ शेख २८ रनमा क्याच आउट भए। ३६ बलको सामना गरेका आशिफ ३ चौका हान्दै किमो पउलको बलमा कायल मेयर्सको हातबाट क्याच आउट भए।
२० औं ओभरको चौथो बलमा नेपालले कप्तान रोहित पौडेललाई गुमायो। कप्तान रोहित ४३ बलमा ३ चौका ममद्धतमा ३० रन बनाउँदा क्याच आउट भए।
त्यसअघि जिम्बाब्वेको हरारे स्पोर्ट्स क्लबमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको वेष्ट इण्डिजले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३ सय ३९ रनको योगफल तयार पारेको थियो।
आईसीसी विश्वकप छनोटमा नेपालले चौथो विकेट गुमाएको छ। वेष्ट इण्डिजले दिएको ३४० रनको विशाल लक्ष्य पछ्याएको नेपालले २० औं ओभरको खेल सकिदा ४ विकेट गुमाएको हो।
२० औं ओभरको चौथो बलमा नेपालले कप्तान रोहित पौडेललाई गुमायो। कप्तान रोहित ४३ बलमा ३ चौक ममद्धतमा ३० रन बनाउँदा क्याच आउट भए।
त्यसअघि ३६ बलमा ३ चौका हान्दै २८ रन बनाएका आशिफ क्याच आउट भएका थिए।
भीम सार्की पाचौं ओभरको दोस्रो बलमा २ रन बनाउँदा विकेट किपरको हातबाट क्याच आउट भए।
ओपनर कुशल भुर्तेल दोस्रो ओभरको चौथो बलमा अल्जारी जोसेफको बलमा बोल्ड आउट भए।
वेस्ट इन्डिजले दिएको ३ सय ४० रनको लक्ष्य पछ्याएको नेपालले २३ ओभरको समाप्तिमा ५ विकेट गुमाएर १०१ रन बनाउँदै खेलिरहेको छ।
Shares
प्रतिक्रिया