नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्रप्रसाद पाण्डेले बजेट संशोधन नगरी पास गर्न नदिने बताएका छन्।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकपछि उपाध्यक्ष पाण्डेले यस्तो बताएका हुन्।
बजेटको विषयमा पनि अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री र अर्थमन्त्रीसँग कुरा गर्ने उनले बताए।
पाण्डेका अनुसार संसदीय दलको बैठकमा बोल्ने सांसदहरुले बजेट असन्तुलित भएको भन्दै यथास्थितिमा पारित गर्न नहुने धारणा राखेका थिए।
आफूले पनि प्रधानमन्त्रीलाई भेटेर यथास्थितिमा बजेट पारित नहुने सन्देश दिइसकेको उनले बताए। बजेट परिमार्जन गरी सन्तुलित बनाएर मात्रै पारित गर्नुपर्नेमा आफ्नो पार्टीले जोड दिएको उनको भनाइ छ।
पाण्डेले बजेटकै कारण सत्ता समीकरण नटुट्ने बताए। तर बजेटका गलत कुरालाई सच्याउनुपर्ने उनको भनाइ छ।
आगामी दिनमा निर्वाचित सांसदको सल्लाह, छलफल, र जनतासँगको सल्लाहमा ल्याएको प्रतिवेदनबिना बजेट बजेट बनाउन नहुने उनले बताए।
Shares
प्रतिक्रिया