ad ad

खेल


नेदरल्यान्ड्ससँगको खेलमा नेपालले गुमायो पहिलो विकेट

नेदरल्यान्ड्ससँगको खेलमा नेपालले गुमायो पहिलो विकेट

फाइल तस्बिर


नेपालखबर
असार ९, २०८० शनिबार १३:०, काठमाडौँ

आईसीसी विश्वकप छनोटअन्तर्गत नेदरल्यान्ड्सस्विरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ। 

नेपालले तेस्रो ओभरको दोस्रो बलमा नै ओपनर आशिफ शेखलाई गुमाएको छ। शेख खेल लोगान भ्यान बेकको बलमा शून्य रनमा बोल्ड आउट भए।

तेस्रो नम्बरको ब्याटिङमा भीम सार्की क्रिजमा आएका छन्। ओपनर कुशल भुर्तेल ७ रनमा नटआउट छन्।

जिम्बावेको ताकासिंगा क्रिकेट स्पोट्स् क्लबमा नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरेको थियो। 

नेपालले आजको खेलमा टोलीमा कुनै परिवर्तन गरेको छैन। 

सुपर सिक्समा पुग्ने यात्रा कायम राख्न नेपालले नेदरल्यान्ड्सलाई हराउनैपर्छ। आजको खेलमा हारे नेपाल समूह चरणबाटै बाहिरिनेछ। नेपाल र नेदरल्यान्ड्समध्ये १ टोलीले सुपर सिक्समा स्थान बनाउनेछन्। 

नेदरल्यान्ड्सलाई हराएको अवस्थामा नेपाल सुपर सिक्समा पुग्ने बलियो सम्भावना रहन्छ। यस्तोमा नेदरल्यान्ड्सको खेल पनि कुर्नुपर्ने हुन्छ। समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्सले वेस्ट इन्डिजसँग खेल्दै छ। जसमा नेदरल्यान्ड्स हानुपर्ने हुन्छ। 

नेपाल पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग ८ विकेटले हारेको थियो। दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको नेपालले तेस्रो खेलमा वेस्टइन्डिजसँग १ सय १ रनको फराकिलो हार भोग्यो।

यस्तै नेदरल्यान्ड्स पनि पहलो खेलमा जिम्बावेसँग ६ विकेटले हारेको थियो। अमेरिकालाई भने ५ विकेटले हराएको थियो। आजको खेलमा नेपाललाई हराए नेदरल्यान्ड्स शीर्ष ३ मा रहेर सुपर सिक्समा पुग्नेछ भने नेपालको यात्रा टुंगिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .