ad ad

राजनीति


विकास लामाको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको छ : कांग्रेस

विकास लामाको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको छ : कांग्रेस

नेपालखबर
असार ९, २०८० शनिबार १३:६, काठमाडौँ

नेपाली कांग्रेसले पार्टीका सिन्धुपाल्चोक जिल्ला कार्यसमितिका निवर्तमान सभापति विकास लामाको निधनप्रति दुःख व्यक्त गरेको छ। 

कांग्रेस केन्द्रीय कार्यालयले शनिबार शोक वक्तव्य जारी गरी नेता लामाप्रति श्रद्धाञ्जली तथा पीडित परिवारप्रति समवेदना व्यक्त गरेको हो।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव डा. प्रदीप पराजुलीले जारी गरेको शोक वक्तव्यमा भनिएको छ, ‘लामाले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो। उहाँको निधनबाट पार्टीले एक होनहार संगठनकर्तालाई गुमाएको छ र अपूरणीय क्षति पुगेको छ।’

विज्ञप्तिमार्फ पूर्वप्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले भनेका छन्, ‘नेपाली कांग्रेसका निवर्तमान जिल्ला सभापति विकास लामाको निधनको खबरले मलाई अत्यन्त दुःखित बनाएको छ। नेपाली कांग्रेस सिन्धुपाल्चोकको नेतृत्वदायी भूमिकामा रहेर पार्टीको संगठन निर्माण र लोकतान्त्रिक आन्दोलनहरूमा उहाँले पुर्‍याउनु भएको सक्रिय योगदानप्रति उच्च सम्मान प्रकट गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। साथै दिवंगत आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र मेरो व्यक्तिगत तर्फबाट हार्दिक समवेदना प्रकट गर्दछु।’

ब्लड क्यान्सरबाट पीडित कांग्रेस नेता विकास लामाको उपचारका क्रममा शुक्रबार राति पौने १ बजे वीर अस्पतालमा निधन भएको हो। 

कांग्रेसका अनुसार लामाको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बौद्धको तिनचुले स्थित ह्याल्मो गुम्बामा राखिनेछ र भोलि (आइतबार) बिहान ११ बजे सोही गुम्बाबाट शवयात्रासहित काठमाडौंको जोरपाटीस्थित जम्बोडाँडामा अन्त्येष्टि गरिनेछ। 

२०१६ असोजमा जन्मिएका केही समयअघि थाइल्यान्डमा उपचार गराएर फर्किएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .