ad ad

खेल


नेपालले गुमायो तेस्रो विकेट

नेपालले गुमायो तेस्रो विकेट

फाइल तस्बिर


नेपालखबर
असार ९, २०८० शनिबार १४:११, काठमाडौँ

आईसीसी विश्वकप छनोट अन्तर्गत नेदरल्याण्डस्सँगको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ। 

नेपालले तेस्रो विकेटका रुपमा आरिफ शेखलाई ६ रनमा गुमाउन पुग्यो।

यसअघि दुवै ओपनर आशिफ शेख र कुशल भुर्तेललाई नेपालले गुमाइसकेको छ।

दोस्रो विकेटका रूपमा ओपनर कुशल भु्र्तेललाई २७ रनमा आउट भएका थिए। १४.५ ओभरमा ४२ बलमा २ चौका हान्दै २७ रन बनाएका कुशल विक्रमजित सिंहको बलमा आउट भए। 

पहिलो विकेटको रूपमा नेपालले तेस्रो ओभरको दोस्रो बलमा ओपनर आशिफ शेखलाई गुमाएको थियो।

शेख खेल लोगान भ्यान बेकको बलमा शून्य रनमा बोल्ड आउट भएका थिए। 

जिम्बावेको ताकासिंगा क्रिकेट स्पोट्स् क्लबमा नेदरल्याण्ड्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको नेपालले १६.१ ओभरमा ३ विकेट गुमाएर ५४ रन बनाएर खेलिरहेको छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .