पहिलो नेपाल–चीन मैत्रीपूर्ण ‘ड्रागन बोट रेस’को उपाधि चीनको सिचुवान ड्रागन बोट टिमले हात पारेको छ। पोखरामा शुक्रबारदेखि सुरु भएको खेल अन्तर्गत शनिबार भएको २ सय र ५ सय मिटर दुवैतर्फको फाइनल खेलमा सिचुवान टिमले जित हात पारेको हो।
त्यस्तै, नेपालको नारा ड्रागन बोट टिम’ले दोस्रो स्थान हात पारेको छ।
नेपाल पर्यटन बोर्ड, नेपाल स्थित चिनीयाँ दुतावास र पोखरा महानगरपालिकको आयोजना तथा पोखरा पर्यटन परिषद् र चाइना ओभरसीज एशोसिएसनको सहआयोजना एवं होटल एशोसिएशन नेपाल ९हान० र नेपाल एशोसिएशन अफ राफ्टिङ एजेन्सिज ९नारा० र राफ्टिङ एण्ड क्यानोइङ एशोसिएसनसंगको सहकार्यमा असार ७ र ८ गते पोखरामा नेपाल–चीन फ्रन्डसीप ड्रागन वोट महोत्सव (फेस्टिभल) २०२३ सम्पन्न भएको हो।
30
Shares
प्रतिक्रिया