ad ad

खेल


सेमिफाइनलमा नेपाल सिंगापुरसँग भिड्ने

सेमिफाइनलमा नेपाल सिंगापुरसँग भिड्ने

नेपालखबर
असार १५, २०८० शुक्रबार १४:१९, काठमाडौँ

एसीसी यू-१६ इस्ट जोन कपको सेमिफाइनलमा नेपाल र सिंगापुर खेल्ने भएका छन्।

समूह चरणको अन्तिम खेलमा सिंगापुर हङकङसँग ७ विकेटले पराजित भएपछि समूह उपविजेताको रुपमा नेपालसँग खेल्ने पक्का भएको हो।

नेपाल समूह ए को र सिंगापुर बी को उपविजेताको रुपमा सेमिफाइनलमा भिड्नेछन्।

अर्को सेमिफाइनमा मलेसिया र हङकङ भिड्नेछन्। हङकङ समूह बी को विजेता र मलेसिया समूह ए को उपविजेता बन्दै सेमिफाइनल खेल्न लागेका हुन्।

दुवै सेमिफाइनल खेल सोमबार हुनेछ।

फाइनल र तेस्रो स्थानको लागि खेल मंगलबार हुनेछ।

नेपालले पहिलो खेलमा थाइल्यान्डलाई २ सय २५ रन र मलेसियालाई ८४ रनले हराउँदै समूह ए को विजेता बन्दै अन्तिम चारमा पुगेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .