ad ad

खेल


यूएईविरुद्ध खेल्दै नेपाल

यूएईविरुद्ध खेल्दै नेपाल

नेपालखबर
असार १७, २०८० आइतबार ६:४६, काठमाडौँ

आईसीसी विश्वकप छनोटको प्लेअफ खेलमा आज (आइतबार) नेपाल र यूएई भिड्दैछन्। 

खेल दिउँसो १२ः४५ मा जिम्बावेको ताकाशिङ्गा स्पोर्ट्स क्लबमा हुनेछ।

विश्वकप छनोटको समूह चरणबाटै बाहिरिसकेका यी दुई टोलीबीचको विजेताले सातौँ स्थानको लागि आयरल्यान्डसँग खेल्नेछन्।

आजको खेलमा पराजित हुने टोलीले नवौँ स्थानको लागि अमेरिकासँग खेल्नु पर्नेछ।

नेपाल समूह 'ए' मा ४ खेलमा ३ मा हार र १ मा जितसहित २ अंकमा चौथो स्थानमा रहँदै सुपर सिक्सको यात्राबाट बाहिरिएको थियो। 

उता यूएई भने समूह 'बी' का चारै खेलमा हार भोग्दै बाहिरिएको थियो। 

नेपाली टोली पछिल्लो समय यूएईविरुद्ध हाबी भइरहेको छ।

पछिल्ला पाँच मध्य चार खेलमा नेपाल विजयी हुँदा एक खेलमा हार बेहोरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .