पौडीवाज गौरिका सिंहले जापानको फुकुओकामा जारी वर्ल्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन्।
गौरिकाले १ सय मिटर ब्याकस्ट्रोकमा आफ्नै कीर्तिमान तोडेकी हुन्।
गौरिकाले १ सय मिटर ब्याकस्ट्रोकमा निर्धारित दुरी ०१ः०६ः८० मा पार गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। यसअघि गौरिकाले सन् २०१६ मा भारतमा भएको १२ औं सागमा ०१ः०७ः३१ मा दुरी पार गर्दै कीर्तिमान बनाएकी थिईन्।
आजै भएको २ सय मिटर फ्रिस्टायलमा नासिर याह्या हुसेनले नयाँ कीर्तिमान कायम गरेको नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी दिएका छन्।
63
Shares
प्रतिक्रिया