ad ad

खेल


महिला विश्वकपमा कोलोम्बोको उत्कृष्ट सुरुवात

महिला विश्वकपमा कोलोम्बोको उत्कृष्ट सुरुवात

नेपालखबर
साउन ९, २०८० मंगलबार १२:१८, काठमाडौँ

दक्षिण कोरियालाई पराजित गर्दै कोलम्बोले फिफा महिला विश्वकप २०२३ मा उत्कृष्ट सुरुवात गरेको छ। 

मंगलबार सिड्नी फुटबल स्टेडियममा भएको खेलमा कोलोम्बोले दक्षिण कोरियालाई २–० गोल अन्तरले पराजित गरेको हो। खेलमा ३८ प्रतिशत पोजेसन बनाएको कोलोम्बोले खेलको पहिलो हाफमा नै २ गोल गरेको थियो। 

खेलको ३०औँ मिनेटमा क्याटालिना उस्मेले पेनाल्टीमा गोल गर्दै कोलोम्बोलाई सुरुवाती अग्रता दिलाएकी थिइन्। ३९ औँ मिनेटमा लिन्डा काइसेडोले कोरियाली गोलरक्षक युन योङगेउलको गल्तीको फाइदा उठाउँदै कोलोम्बोको अग्रता दोब्बर पारिन्। 

जितसँगै कोलोम्बो समूह 'एच'को दोस्रो स्थानमा छ। जर्मनी शीर्ष स्थानमा छ। पहिलो खेलमा हार बेहोरेका दक्षिण कोरिया र मोरक्को अंक तालिकाको तेस्रो र पुछारमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .