ad ad

खेल


२४ वर्ष पुरानो रेकर्ड तोड्दै केसी बनिन् विश्वकप खेल्ने कान्छी खेलाडी

२४ वर्ष पुरानो रेकर्ड तोड्दै केसी बनिन् विश्वकप खेल्ने कान्छी खेलाडी

नेपालखबर
साउन ९, २०८० मंगलबार १२:२९, काठमाडौँ

अस्ट्रेलिया र न्युजिल्यान्डमा जारी फिफा महिला विश्वकपमा खेल्ने सबैभन्दा कान्छी खेलाडी दक्षिण कोरियाकी फेयर केसी बनेकी छिन्।

कोलोम्बोविरुद्धको खेलमा ७८ औँ मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेकी फरवार्ड केसी विश्वकप खेल्ने सबैभन्दा कान्छी खेलाडी बनेकी हुन्। 

यो शृंखलासँगै उनले नाइजेरियाकी स्ट्राइकर इफेनी चिजाइनको नाममा रहेको कीर्तिमान आफ्नो नाममा गरेकी छन्। इफेनीले सन् १९९९ मा १६ वर्ष ३४ दिनमा विश्वकपमा डेब्यु गरेकी थिइन्। 

१६ वर्ष २६ दिनकी केसी चोइ युरीको स्थान लिर्दै मैदान छिरेकी थिइन्। अमेरिकी मुलकी केसीले २६ दिनअघि आफ्नो १६ औँ जन्मदिन मनाएकी  थिइन्। अमेरिकी बुबा र कोरियाली आमाकी सन्तान केसी दक्षिण कोरियाली महिला फुटबल टोलीमा मिश्रित वंशकी पहिलो खेलाडी हन्। 

सन् २०२३ को फिफा महिला विश्वकपका बोलाइनु अघि उनी दक्षिण कोरियाको यू–१७ को टोलीमा थिइन्। 

फेयरले सन् २०२४ को एएफसी यू–१७ महिला एशियाली कपमा टोलीलाई छनोट हुन महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्। उनले ताजकिस्तानविरुद्ध दुई र हङकङविरुद्ध तीन गोल गरेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .