फिफा महिला विश्वकप फुटबलमा अर्जेन्टिना र दक्षिण अफ्रिकाले बराबरी खेलेका छन्।
न्युजिल्याण्डको डुनेडिन स्टेडियममा शुक्रबार भएको खेलमा अर्जेन्टिना र दक्षिण अफ्रिकाले २–२ को बराबरी गर्दै अंक बाँडेका छन्।
विश्वकपमा अर्जेन्टिना र अफ्रिकाले पहिलो बराबरी गरेका हुन्।
अर्जेन्टिनाविरुद्ध अफ्रिकाले २–० को अग्रता बनाएपनि त्यसलाई जोगाउन नसक्दा अंक बाँड्न बाध्य भयो।
खेलको ३० औं मिनेटमा लिन्डा मोटल्हालोको गोलमा अफ्रिकाले सुरुवाती अग्रता बनाएको थियो। ६६ औं मिनेटमा थेम्बीको गोलमा अग्रता दोब्बर बनायो।
अर्जेन्टिनाले २–० ले पछि परेको स्थिती उल्टाउँदै अफ्रिकासँग अंक बाँडेको हो। खेलको ७४ औं मिनेटमा सोफिया ब्राउनको गोलमा अर्जेन्टिना खेलमा फर्कने संकेत गरेको थियो।
७९ औं मिनेटमा रोमिना नुनेजको गोलमा अर्जेन्टिना बराबरीमा आएको थियो।
त्यसपछि खेलमा दुवै टोलीले गोल गर्न नसक्दा पहिलो बराबरी गरेका हुन्।
बराबरीसँगै समूह जी को अफ्रिका १ अंकमा तालिकाको तेस्रो स्थानमा छ। समान खेल र अंकबाट अर्जेन्टिना तालिकाको पुछारमा छ। दुवै टोलीले पहिलो खेलमा हार भोगेका थिए।
Shares
प्रतिक्रिया