ad ad

राजनीति


हिक्मत कार्कीले भने : कांग्रेससँग मिलेर सरकार बनाउन तयार छौँ

हिक्मत कार्कीले भने : कांग्रेससँग मिलेर सरकार बनाउन तयार छौँ

फाइल तस्बिर


नेपालखबर
साउन १२, २०८० शुक्रबार १२:४०, काठमाडौँ

नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले नेपाली कांग्रेससँ मिलेर सरकार बनाउन आफूहरु तयार रहेको बताएका छन्।

सर्वोच्च अदालतको पूर्ण इजालसको बिहीबारको आदेशपछि काम चलाउ सरकारको नेतृत्वमा फर्किएको बताइरहेका बेला कार्कीको यस्तो भनाइ आएको हो।

शुक्रबार काठमाडौंबाट ओर्लिएर विराटनगर विमानस्थलमा प्रदेशको स्थायित्वका लागि एमाले र कांग्रेस मिलेर सरकार बनाउनुपर्ने तर्क गरे। 

सर्वोच्च गत असार २१ गते मुख्यमन्त्री बनेका उद्धव थापाको नियुक्ति बदर गरेसँगै कार्की मुख्यमन्त्रीमा पुनर्बहाली भएका कानुनविद्हरुको तर्क थियो।

तर मुख्यमन्त्रीको कार्यालयले लिन नपठाएपछि विमानस्थलबाट कार्की निजी निवासतिर लागेका छन्। उनले प्रदेशको समृद्धिका लागि एमाले बाधक नहुने पनि बताए। 

लोकतन्त्र र सुशासनका लागि कांग्रेससँग मिलेर सरकार बनाउन सकिने उनले तर्क गरे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .