नेपाली राष्ट्रिय कराते टोलीका व्यवस्थापक तथा नेपाल कराते महासंघका सल्लाहकार निवास गोपाल वैद्यले १९ औं एशियन गेम्समा पदक जित्ने खेलाडीलाई नगद पुरस्कार दिने घोषणा गरेका छन्।
संघका सल्लाहकार वैद्यले एशियन गेम्समा स्वर्ण पदक जित्ने खेलाडीलाई तीन लाख रुपैयाँ दिने घोषणा गरेका हुन्। यस्तै रजत पदक जित्ने खेलाडीलाई २ तथा कास्य पदक जित्ने खेलाडीलाई १ लाख रुपैयाँ दिने घोषणा गरेका हुन्।
यसैबीच वैद्यले एशियन गेम्सको तयारीमा रहेका ‘बी’ टिमका खेलाडीलाई ट्रयाकसुट समेत दिएका छन्। वैद्यले बी टोलीका ४ खेलाडी र ४ जना अफिसियल गरि ८ जनालाई ट्रयाकसुट दिएका हुन्।
वैद्यले एशियन गेम्सबाट आउने भत्ता बापतको रकम पनि खेलाडीका लागि नै खर्च गर्ने बताएका छन्।
33
Shares
प्रतिक्रिया