ad ad

खेल


जर्मनीविरुद्ध कोलम्बियाको दुर्लभ जित, मैदानमै झुमेर नाचे खेलाडी

जर्मनीविरुद्ध कोलम्बियाको दुर्लभ जित, मैदानमै झुमेर नाचे खेलाडी

नेपालखबर
साउन १४, २०८० आइतबार १८:५, काठमाडौँ

जारी महिला विश्वकप फुटबल प्रतियोगितामा कोलम्बियाले बलियो प्रतिद्वन्द्वी जर्मनीविरुद्ध दुर्लभ जित निकालेको छ।

समूह एच अन्तर्गत आइतबार भएको समूह चरणको खेलमा कोलम्बियाले जर्मनीविरुद्ध ९७ औँ मिनेटमा निर्णायक गोलसहित जित दर्ता गराएको हो। 

कोलम्बियाको यो जितलाई विश्वकपकै एक उत्कृष्ट खेल भनिएको छ। 

अस्ट्रेलियाको एल्लियान्ज स्टेडियमा भएको यो खेलमा जर्मनीविरुद्ध जितपछि कोलम्बियाका हजारौँ समर्थकले उभिएर हौसला बढाए।

अर्कातिर कोलम्बियाका लागि उत्रिएका खेलाडीहरु जर्मनीलाई हराउन सफल भएपछि  मैदानमै झुमेर नाचे। 

विश्व वरीयताको २३ औँ स्थानमा भए पनि जर्मनी जारी विश्वकपको दाबेदारमध्ये एक टिम हो।

आजको खेलमा दक्षिण अमेरिकी टोलीले आफूलाई अब्बल सावित गर्यो। जर्मनीले खेलको पहिलो हाफमा केही सुन्दर अवसर पाए पनि गोलमा परिणत गर्न नसक्दा पराजित हुन पुग्यो। 

त कोलम्बियाका लागि खेलको ५२ औँ मिनेटमा १८ वर्षीया लिन्डा क्याइसेडोले गोल गर्दै अग्रता बनाइन्। जर्मनीविरुद्ध अग्रता दिलाएकी यी १८ वर्षीया किशोरीले यस अघि दक्षिण कोरियाविरुद्ध पनि गोल गरेकी थिइन्। 

कोलम्बियाले कर्णर पाएपछि क्याइसेटोले जर्मनीका डिफेन्डरहरुलाई चिर्दै अग्रता दिलाउन सफल भएकी हु्न। 

तर जर्मनीले आफूलाई खेलमा फर्कायो। खेलको ८९ औँ मिनेटमा एलेक्सजेन्ड्रा पोपले पेनाल्टीबाट गोल गरेपछि खेल बराबरीमा आएको थियो। 

तर आजको दिन कोलम्बियाको थियो। उसले खेलको अतिरिक्त समयको सातौँ मिनेटमा म्यानुएला भानेगासको गोलबाट जर्मनीविरुद्ध सनसनीपूर्ण जित निकाल्न सफल भयो। 

जर्मनीको रक्षापंक्तीबाट अनमार्क अवस्थामा रहेकी उनले हेडमार्फत गोल गरेर जित दिलाउन सफल भइन्। 

कोलम्बियासँगको जर्मनीका लागि एक धक्का बनेको छ। उसले सन् १९९५ यताका विश्वकपमा कहिल्यै समूह चरणका खेलमा हार भोगेको थिएन।

जर्मनीविरुद्धको जितपछि कोलम्बियाका खेलाडीहरु मैदानमै झुमेर नाचे। उनीहरुलाई दर्शकहरुले प्याराफिटबाट उठेर हौसला बढाइदिए। 

यो जितपछि समूह एचमा कोलम्बिया २ खेलबाट २ जितसहित अंक जोडेर पहिलो स्थानमा छ। उता पराजित जर्मनी २ खेलबाट १ मा जित र १ मा हारसहित दोस्रो स्थानमा छ। 

दुई खेलमा १ हार र १ जितसहित मोरक्को पनि समान ३ अंक लिएर गोलअन्तरका आधारमा तेस्रो र कुनै अंक नजोडी दक्षिण कोरिया चौथो स्थानमा छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .