ad ad

राजनीति


डोकोमा पानी बोकेर ल्याउनुपर्ने अवस्थाको अन्त्य गर्छौं : मन्त्री यादव

डोकोमा पानी बोकेर ल्याउनुपर्ने अवस्थाको अन्त्य गर्छौं : मन्त्री यादव

फाइल तस्बिर


नेपालखबर
साउन १४, २०८० आइतबार १८:१२, काठमाडौँ

खानेपानी मन्त्री महिन्द्र राय यादवले कर्णाली प्रदेश लगायतका क्षेत्रमा खानेपानी डोकोमा बोकेर ल्याउनुपर्ने अवस्थाको वर्तमान सरकारले अन्त्य गर्ने बताएका छन।

आइतबार खानेपानी मन्त्रालयले खानेपानीका वर्तमान समस्या र समाधान विषय छलफल कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्। उनले विज्ञान र प्रविधिको युगमा पनि मानिसहरूले डोकोमा पानी बोकेर खानुपर्ने बाध्यतालाई सरकारले अन्त्य गर्न प्राथमिकताका साथ काम गर्ने पनि बताए। 

‘कर्णाली लगायत मुलुकका अन्य क्षेत्रमा डोकामा पानी बोक्नुपर्ने बाध्यता छ। त्यो पीडादायी कुरा हो। यो अमानवीय काम हो। सरकारले बजेटको व्यवस्था गर्छ,’ मन्त्री यादवले भने, ‘डोकोमा पानी बोल्नुपर्ने बाध्यताको अन्त्य गर्नु सरकारको प्राथमिकतामा पर्छ। अहिलेको जमानमा पनि डोकोमा पानी बोल्नुपर्ने अवस्थालाई मुक्त गर्नुपर्छ।’

डोकोमा पानी बोकेर खानेपानी खानुपर्ने अवस्था अत्यन्तै पीडादायी रहेको भन्दै बजेटको व्यवस्था गरेर त्यस्तो ठाउँमा सहजिकरण गर्ने उनले बताए। 

फलामको मात्रा बढी भएको पानी उत्पादन अन्त्य गर्नुपर्ने आवश्यकता रहेको मन्त्री यादवको भनाइ थियो। उनले फलामको मात्रा बढी भएको पानी उत्पादन अन्त्य गर्नको लागि तीनै तहका सरकारले हण्डपाइप वितरण कार्य रोक्नुपर्ने बताए।

‘सरकारको प्राथमिकता नै मुलुकभरका विद्यालयमा खानेपानी पुर्‍याउने हो। विद्यालय क्षेत्र सबै भन्दा संवेदनशील हो। दोस्रो क्षेत्र भनेको आसनिक पानी (फलामको मात्र बढी भएको) कम गर्नु हो,’ उनले भने, ‘फलामको मात्रा बढी भएको पानीलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने हो। त्यो पानी न्युनीकरण गर्नको मन्त्रालयले वितरण गर्ने हेण्डपाइप बन्द गरेका छौं। यो गर्न हुँदैन।’ 

‘तीनै तहका सरकारले हेण्डपाइप वितरणको काम गर्नु हुँदै। आसनिक पानी न्युनीकरण गर्ने भने पनि हामी उत्पादन गरिरहेको भन्दै त्यो प्राणघातक हो। हेण्डपाइप वितरण तीन वटै सरकारले गर्न सकेन भने फलामको मात्रा बढी हुने पानी बन्द हुँदैन।’

मन्त्री यादवले सरकारको प्राथमिकता मुलुकभरका विद्यालयमा खानेपानी पुर्‍याउने रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .