ad ad

खेल


अर्जेन्टिना बाहिरियो, दक्षिण अफ्रिका अन्तिम १६ मा

अर्जेन्टिना बाहिरियो, दक्षिण अफ्रिका अन्तिम १६ मा

नेपालखबर
साउन १७, २०८० बुधबार १६:१७, काठमाडौँ

फिफा महिला विश्वकपमा पहिलो जित निकाल्दै दक्षिण अफ्रिका अन्तिम १६ मा पुगेको छ।

विलिङटन रिजन स्टेडियममा बुधबार भएको खेलमा इटालीलाई ३–२ गोलअन्तरले पराजित गर्दै दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणका पुगेको हो।

विश्वकपमा पहिलो जित निकालेको अफ्रिकाले एक खेलमा जित, एक खेलमा बराबरी र एक खेलमा हार भोग्दै ४ अंकमा प्रि–क्वार्टरफाइनलमा पुगेको हो।

समूह जी बाट अपराजित स्वीडेन समुह विजेता र अफ्रिका उपविजेता बन्दै अन्तिम १६ मा पुगेका हुन्।

यो समूहबाट इटाली र अर्जेन्टिना भने बाहिरिएका छन्।

खेलको ११ औं मिनेटमा एरियाना कारुसोले पेनाल्टीमा गोल गर्दै इटालीलाई सुरुवाती अग्रता दिलाएकाी थिईन्।

३२ औं मिनेटमा बेनेडेटा ओर्सीको आत्मघाति गोलमा अफ्रिका बराबरीमा आएको थियो।

६७ औं मिनेटमा हिल्डा म्यागियाको गोलमा अफ्रिकाले २–१ को अग्रता लियो।

७४ औं मिनेटमा एरियाना कारुसोको व्यक्तीगत दोस्रो गोलमा इटालीले बराबरी गोल फर्काएको थियो।

तर खेलको अतिरिक्त समयमा थप गरिएको दोस्रो मिनेटमा थेम्बी केजाट्लाानाको गोलमा अफ्रिका अन्तिम १६ मा पुगेको हो।

आजै भएको अर्को खेलमा अर्जेन्टिनालाई २–० ले हराउँदै स्वीडेन समूह विजेताको रुपमा अन्तिम १६ मा पुगेको छ।

अन्तिम १६ मा दक्षिण अफ्रिकाले नेदरल्याण्डस् र स्वीडेनले अमेरिकासँग आइतबार खेल्नेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .