ad ad

खेल


ओलम्पियन संघको ‘स्कूल टु ओलम्पिक’ कार्यक्रम

ओलम्पियन संघको ‘स्कूल टु ओलम्पिक’ कार्यक्रम

नेपालखबर
साउन १७, २०८० बुधबार १६:२२, काठमाडौँ

नेपाल ओलम्पियन्स संघले बाग्मती प्रदेशमा स्कूल टु ओलम्पिक कार्यक्रम सम्पन्न गरेको छ।

काठमाडौंको कीर्तिपुर नगाउँस्थित सशस्त्र प्रहरी बलको एपीएफ स्कूलमा संघले स्कूल टु ओलम्पिक कार्यक्रम सम्पन्न गरेको हो।  

ओलम्पिक अभियान र ओलम्पियनहरुबारे परिचयात्मक कार्यक्रमसहित अन्तरक्रिया कार्यक्रममा ४ सयभनदा बढी विद्यार्थी सहभागी थिए।

कार्यक्रममा नेपाल ओलम्पिक संघका महासचिव निलेन्द्रराज श्रेष्ठले ओलम्पिकको महत्व र ओलम्पिक अभियानका बारेमा विद्यार्थीलाई जानकारी दिएका थिए।  

ओलम्पियन बैकुण्ठ मानन्धर, दीपक बिष्ट, धावक राजेन्द्र भण्डारी, प्रमिला रिजालले आफ्नो अनुभव सुनाएका थिए।

कार्यक्रममा राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान अनिल गरुङले आफुले पैसा भन्दा पनि राष्ट्रको लागि केही गर्ने र राष्ट्रिय झण्डा अङ्कित जर्सी लगाउने लोभमा फुटबलमा लागेको सुनाए।

अन्तरक्रियामा विद्यार्थीले खेलाडीले फुटलबर अनिल गुरुङ र ओलम्पियनहरुसँग अफ्नो जिज्ञासा राखेका थिए।

एपीएफ स्कूलका प्रधानाध्यापक युवराज पराजुली र स्कूल इन्चार्ज डीएसपी लक्ष्मी थपलियाले बागमती प्रदेशमा थुप्रै विद्यालय भएपनि यस्तो कार्यक्रमका लागि आफ्नो विद्यालय छनोट गरेकोमा धन्यवाद दिएका थिए।

संघले यसअघि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न विद्यालयमा स्कूल टु ओलम्पिक कार्यक्रम गरिसकेको छ।

कार्यक्रमअघि ओलम्पियनहरुले स्कूल प्राङ्गणमा हलुवाबेदको रुख वृक्षारोपण गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .