ad ad

खेल


एमबाप्पे र नेयमारबिनै पीएसजीद्वारा लिग १ उपाधि रक्षाको यात्रा सुरु

एमबाप्पे र नेयमारबिनै पीएसजीद्वारा लिग १ उपाधि रक्षाको यात्रा सुरु

फाइल तस्बिर


नेपालखबर
साउन २८, २०८० आइतबार ८:५७, काठमाडौँ

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले केलियन एमबाप्पे र जुनियर नेयमारबिना नै लिग १ उपाधि रक्षाको यात्रा सुरु गरेको छ।

फ्रेन्च लिग १ को नयाँ सिजन सुरु हुँदा पीएसजीमा एमबाप्पे र नेयमारको भविष्य अनिश्चित छ। यी दुवै खेलाडी अन्य क्लबमा जान इच्छुक भएपछि उनीहरुलाई सिजनको सुरुवातमा टोली बाहिर राखिएको हो। 

एमबाप्पे र नेयमार नहुँदा पीएसजीले आक्रमणको महत्त्वपूर्ण अवसरहरु गुमाएका थिए। जसले गर्दा लोरियन्टसँग गोलरहित बराबरी गर्दै सिजनको सुरुवात गरेको छ। 

एमबाप्पेले आगामी समरभनदा उता क्लबसँग सम्झौता नथप्ने बताएपछि उनी पीएसजीको पहिलो टोलीसँग प्रशिक्षण गरेका छैनन्। 

एमबाप्पे र पीएसजीको सम्झौता आगामी समरमा सकिँदै छ। पीएसजी एमबाप्पेलाई उसको सम्झौता सकिएपछि सित्तैमा छाड्नुभन्दा बेच्न चाहन्छ। तर २४ वर्षीय फरवार्ड एमबाप्पेले अर्को समरमा फ्रि एजेन्टमार्फत रियल मड्रिडमा जाने विश्वासमा छन्। 

यसैबीच नेयमार पनि क्याटलान क्लब बार्सिलोना फर्कन चाहेको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .