ad ad

खेल


विवाद मिलेपछि पीएसजीको प्रशिक्षणमा फर्किए एम्बाप्पे

विवाद मिलेपछि पीएसजीको प्रशिक्षणमा फर्किए एम्बाप्पे

नेपालखबर
साउन २९, २०८० सोमबार १२:१८, काठमाडौँ

पेरिस सेन्ट जर्मेनका फरवार्ड केलियन एमबाप्पे पहिलो टोलीको प्रशिक्षणमा फर्किएका छन्। 

पहिलो टोलीको प्रशिक्षणमा फर्किएसँगै एमबाप्पे आगामी समरसम्म पीएसजी मै रहने सम्भावना छ। 

२४ वर्षीय फ्रेन्च फरवार्ड फ्रेन्च लिग १ को पहिलो खेलमा टोली बाहिर थिए। एमबाप्पे टोलीमा नरहेको खेलमा पीएसजी रोलियन्टसँग गोलरहित बराबरीमा रोकिएको थियो। 

एमबाप्पे पीएसजी छाडेर रियल मड्रिड आवद्ध हुने चाहनाबीचमा सम्झौता गर्न चाहन्थे। तर अब उनले पीएसजीमै सम्झौता थप्न सक्ने छन्। 

पीएसजीले धेरै चरणको सकारात्मक वार्तापछि एमबाप्पेलाई पुर्नबहाली गरेको बताएको छ। 

एमबाप्पे र पीएसजीको सम्झौता १ वर्ष बाँकी छ। एमबाप्पेले पीएसजीसँग नयाँ सम्झौता गर्न अस्वीकार गरेका छन्। 

एमबाप्पे सन् २०१७ मा मोनाकोबाट १ सय ८० मिलियन यूरोमा ऋणमा पीएसजी आएका थिए। एमबाप्पेले क्लबको २ सय ६० खेलमा २ सय १२ गोल गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .