चीनको हाङझाउमा हुने १९ औं एसियन गेम्समा सहभागी हुने नेपाली महिला कवड्डी टोली विशेष प्रशिक्षणका लागि भारत जाँदैछ।
नेपाली टोलीले भारतको हरियाणामा एक महिना प्रशिक्षण गर्नेछन्। प्रशिक्षणका क्रममा नेपाली टोलीले सात अभ्यास खेल खेल्नेछन्।
भारत जाने टोलीलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठले शुक्रबार बिदाइ गरे।
मेनुकाकुमारी राजवंशीको कप्तानीमा रहेको नेपाली टोलीमा मनमति विष्ट, अन्जुकुलुङ राई, नीतु गुरुङ, रविना चौधरी, सुनिता थापा, सिर्जनाकुमारी थारु, जयन्ती बदु, अर्पण चौधरी, गंगा घिमिरे, इशा राई र कलावती पन्त छन्।
टिम प्रशिक्षकमा पार्वती राई, प्रशिक्षकमा विष्णुदत्त भट्ट र व्यवस्थापकमा कृष्णदेवी पन्त छन्।
27
Shares
प्रतिक्रिया