पाकिस्तानमा हुने एसिया कप क्रिकेट प्रतियोगितामा सन्दीप लामिछाने सहभागी नहुने भएका छन्।
सन्दीप बिरामी भएका कारण टिमसँग नजाने नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए।
नेपाली टोली भदौ १३ गतेदेखि पाकिस्तानमा सुरु हुने एसिया कप क्रिकेट प्रतियोगिता भाग लिन आज राति साढे १ बजे त्यसतर्फ प्रस्थान गर्दैछ।
सन्दीप राष्ट्रपति कार्यालयमा मंगलबार भएको बिदाइ समारोहमा पनि सहभागगी भएननन्।
पाकिस्तान जाने राष्ट्रिय टोलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयमा भेट गरी शुभकामना दिएका थिए।
पाकिस्तान जाने राष्ट्रिय क्रिकेट टोलीलाई राष्ट्रपतिको शुभकामना
2.6k
Shares
प्रतिक्रिया