त्रिभुवन आर्मी फुटबल क्लब भारतमा जारी डुरान्ड कपबाट बाहिरिएको छ।
समूह चरणको आफ्नो अन्तिम खेलमा हैदरावाद एफसीसँग ३–० गोल अन्तरले पराजित हुँदै आर्मी प्रतियोगिताबाट बाहिरिएको छ। हौदरावादका लागि आरेनले ह्याट्रिक गरे।
समूह चरणका तिन खेलमा दुईमा हार र एक खेलमा जित निकालेको आर्मी समुह चरणबाटै बाहिरिएको हो।
पहिलो खेलमा दिल्लीसँग १–१ को बराबरी गरेको आर्मीले दोस्रो खेलमा चेन्नईसँग ३–० ले पराजित भएको थियो।
डुरान कपमा सहभागी २४ टोलीलाई ६ समुहमा विभाजन गरिएको छ।
33
Shares
प्रतिक्रिया