ad ad

खेल


रायो भालकानोलाई ७-० ले हराउँदै एथलेटिको ठूलो अन्तरको दोस्रो जित

रायो भालकानोलाई ७-० ले हराउँदै एथलेटिको ठूलो अन्तरको दोस्रो जित

नेपालखबर
भदौ १२, २०८० मंगलबार ८:१७, काठमाडौँ

स्पेनिस ला लिगाअन्तर्गत सोमबार राति भएको खेलमा एथलेटिको मड्रिडले फराकिलो जित दर्ता गरेको छ। 

सोमबार राति भएको खेलमा एथलेटिकोले रायो भालकानोलाई ७–० को फराकिलो अन्तरले हराएको हो। 

एथलेटिकोले ला लिगामा निकालेको यो सबैभन्दा ठूलो अन्तरको दोस्रो जित हो। यसअघि सन् २०१३ मा गेटाफेलाई ७–० को फराकिलो अन्तरले नै हराएको थियो। 

त्यसयता एथ्लेटिकोले फराकिलो जित हासिल गर्न सकेको थिएन। 

एथलेटिकोको जितमा एन्थोनियो ग्रिजम्यानले खेल सुरु भएको दोस्रो मिनेटमै गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

१६औं मिनेटमा मेम्फिस डेपेले गोल गर्दै अग्रता दोब्बर पारे। ३६औं मिनेटमा नाहुएल मोलिनाको गोलमा एथलेटिकोले पहिलो हाफमै ३–० को अग्रता लियो।

७३ र ८४औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै अग्रता फराकिलो बनाउन मद्दत गरे। ७९औं मिनेटमा एन्जल कोरियाले एथलेटिकोका लागि गोल थपे।

खेलको ८६औं मिनेटमा मार्कोस लोरेन्टको गोलमा  एथलेटिकोलले ७–० को फराकिलो अन्तर पार्दै एकपक्षीय विजय प्राप्त गर्‍यो। 

जितसँगै ३ अंक थपेको एथलेटिको ७ अंकमा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। ३ खेलबाट ६ अंक बनाएको रायो भालकानो आठौं स्थानमा छ। 

गएरातिकै अर्को खेलमा गेटाफेले अलाभेसलाई १–० अन्तरले हराएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .