खेल


क्रिकेटरलाई प्रधानमन्त्रीको बधाई, ओ‌लीले भने : प्रतिस्पर्धी क्षमता बढ्यो

क्रिकेटरलाई प्रधानमन्त्रीको बधाई, ओ‌लीले भने : प्रतिस्पर्धी क्षमता बढ्यो

फाइल तस्बिर


नेपालखबर
असोज १६, २०८० मंगलबार १३:६, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनमा जारी एसियाडमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन्।

मंगलबार बिहान भारतसँगको क्वार्टर फाइनल भिडन्तमा उत्कृष्ट प्रदर्शनसहित साँघुरो पराजय भोगेको नेपाली टोलीको प्रचण्डले प्रशंसा गरेका हुन्। 

उनले एसियाली खेलकुदमा मंगोलिया र माल्दिभ्सविरुद्धको प्रतिस्पर्धामा कीर्तिमानसहित जित निकालेको बधाई दिएका छन्। 

‘१९ औँ एसियाली खेलकुद प्रतियोगितामा मंगोलिया र माल्दिभ्ससँगको प्रतिस्पर्धामा कीर्तिमानसहित प्राप्त गरेको सफलताप्रति हार्दिक बधाई’, उनले भनेका छन्, ‘आज बिहान भारतसँग भएको खेलमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टिमलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु।’

भारतसँगको पराजयसँगै क्रिकेटबाट पदक पाउने नेपालको सम्भावना सकिएको छ। यसअघि प्रधानमन्त्रीले गत भदौ २८ गते बालुवाटारमा क्रिकेटरहरुलाई बोलाएर खेलको विकासका लागि सरकारले सक्दो पहल गर्ने बताएका थिए।

उनले क्रिकेटरसहितलाई घोषणा गरेको नगद पुरस्कार पनि दुई दिनभित्र दिने घोषणा गरेका थिए। तर अहिलेसम्म पनि कुनै पनि खेलाडीले सरकारले घोषणा गरेको नगद पुरस्कार पाउन सकेका छैनन्। 

ओलीले यसो भने
उता प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले भारतसँगको २३ रनको हारले नेपालको प्रतिस्पर्धी क्षमता बढेको बताएका छन्।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले भनेका छन्, ‘मात्रै २३ रनको फरक! हाम्रो प्रतिस्पर्धी क्षमता बढेको छ। कोसिस गर्नेको एक दिन अवश्य जित हुन्छ’, उनले भनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .