ad ad

खेल


सन्दीप भन्छन् : भारतसँग पराजित भए पनि धेरै कुरा सिक्यौं

सन्दीप भन्छन् : भारतसँग पराजित भए पनि धेरै कुरा सिक्यौं

फाइल फोटो


नेपालखबर
असोज १६, २०८० मंगलबार १३:१५, काठमाडौँ

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले सुरुआतमा १०,१५ रन कम बनाउन दिएको भए भारतविरुद्धको खेल अर्कै मोडमा हुन सक्ने बताएका छन्।

हाङझाओ एसियाड अन्तर्गत टी २० क्रिकेटको पहिलो क्वार्टरफाइनलमा भारतसँग पराजित भएपछि टोलीका स्पिनर सन्दीप लामिछानेले खेलमा पराजित भएपनि धेरै कुरा सिकेको बताएका छन्।

खेलपछि पत्रकारसँग कुरा गर्दै सन्दीपले भने, ‘आजको खेल हारेपनि धेरै कुरा सिकेका छौँ, भारतीय टोलीका धेरै खेलाडीले आईपीएल र धेरै फ्रेन्चाइज लिग खेलिसकेका छन्। हामीभन्दा टप लेभलको क्रिकेट खेलेका छन् तर हामीले पनि राम्रो खेलेको हो। आजको खेलमा नकारात्मक केही छैन। सुरुआतमा २० रन धेरै दिएका थियौ। सानो मैदान भएका कारण धेरै कुरा कन्ट्रोलमा थिएन।’

हारपछि पनि धेरै कुरा सकारात्मक रहेको सन्दीपले सुनाए।

उनले भने, ‘हामीले दिनदिनै सिकिरहेका छौँ। भारतसँगको प्रर्दशनले विश्वकप छनोटका लागि हाम्रो लागि राम्रो कुरा हो। हामी तयारी गरिरहेका छौँ। धेरै कुरा सिकि पनि सकेका छौँ। यस्ता टिमहरुसँग बारम्बार खेल्न पायो भने खेलाडीलाई राम्रो एक्पोजर हुनेछ।’

सन्दीपले थपे, ‘आउने दिनमा विश्वकप छनोट छ, घरेलु मैदानमा छनोट हुनु हाम्रो लागि एड्भान्टेज छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .