ad ad

खेल


विश्वकप क्रिकेटको सेमिफाइनलमा अस्ट्रेलियाविरुद्ध साउथ अफ्रिकाको खराब सुरुवात

विश्वकप क्रिकेटको सेमिफाइनलमा अस्ट्रेलियाविरुद्ध साउथ अफ्रिकाको खराब सुरुवात

नेपालखबर
कात्तिक ३०, २०८० बिहिबार १५:३१, काठमाडौँ

भारतमा जारी एक दिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा साउथ अफ्रिकाले खराब सुरुवात गरेको छ। अस्ट्रेलियाविरुद्ध टस जितेर पहिले ब्याटिङ गरिरहेको साउथ अफ्रिकाले सुरुवाति ४ विकेट गुमाइसकेको छ। 

१२ ओभरको खेल सकिँदा साउथ अफ्रिकाले ४ विकेटको क्षतिमा मात्र २८ रन बनाएको छ।

यो निक्कै खराब प्रदर्शन हो। अष्ट्रेलियाका लागि मिचेल स्टार्क र जोश हेजलवुडले समान २/२ विकेट लिए। उनीहरू चारै ब्याटर क्याचआउट भएका हुन्। अफ्रिकाका एडन मार्करामले १० रन जोड्नु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्।

ओपनर क्विन्टन डे कक ३ रनमा पेबेलियन फर्किँदा कप्तान टेम्बा बाभुमा शून्य रनमै आउट भए। रसाइ भान डेर डेसिन ३१ बल खेल्दा मात्रै ६ रन जोडेर आउट भए। 

यसअघि न्युजिल्याण्डलाई हराउँदै भारत फाइनलमा प्रवेश गरिसकेको छ। आजको विजेताले उपाधिका लागि भारतसँग भिड्नु पर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .