ad ad

कला


‘दिमाग खराब’को टिमले उठाएको मागप्रति चलचित्र निर्माता संघको ऐक्यबद्धता

‘दिमाग खराब’को टिमले उठाएको मागप्रति चलचित्र निर्माता संघको ऐक्यबद्धता

नेपालखबर
कात्तिक ३०, २०८० बिहिबार १५:४१, काठमाडौँ

नेपाल चलचित्र निर्माता संघले ‘दिमाग खराब’ टिमले उठाएका मागप्रति ऐक्यबद्धता जनाएको छ।

संघको बिहीबार बसेको बैठकले फिल्म निर्माताका माग जायज रहेको बताउँदै समर्थन जनाउने निर्णय लिएको अध्यक्ष नवल खड्काले बताए।

बुधबार दिउँसो सामाजिक सञ्जाल फेसबुक लाइभमा आएका निर्देशक निश्चल बस्नेतले हलहरूले विभेद गरेको भन्दै माग पूरा नभए शुक्रबारबाट चलचित्र प्रदर्शन रोक्ने चेतावनी दिएका थिए।

यसै विषयमा छलफल गर्न बिहीबार निर्माता संघको बैठक बसेको थियो। निर्देशक बस्नेतसहित बसेको बैठकले समग्र निर्माताहरूकै भावनाबमोजिम निष्कर्ष निकालेको खड्काले बताए।

प्रदर्शकबाट नेपाली फिल्मलाई सधैँ सौतेनी व्यवहार हुँदै आएको संघका महासचिव सुनीलकुमार थापाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

‘दिमाग खराब’ टिमले विदेशी चलचित्र बराबर नै शो पाउनुपर्ने र आम्दानीको ५० प्रतिशत हिस्सा निरन्तर प्राप्त हुनुपर्ने दुईवटा शर्त अघि सारेको छ।

शर्त पूरा नभएको खण्डमा चलचित्र हलबाट उतार्ने बस्नेतको चेतावनी छ।

‘सिनेमा प्रदर्शक साथीहरूबाट स्वेदेशी निर्माता र सिनेमालाई सधैँ स्वार्थकेन्द्रित साधनको रूपमा प्रयोग गर्दैँ आउनुभएको छ। त्यसैको ज्वलन्त उदाहरण हो, दिमाग खराबलाई गरिएको अव्यावसायिक र असमान व्यवहार,’ विज्ञप्तिमा उल्लेख छ, ‘विदेशी सिनेमाको पक्षपोषणको लागि आफ्नै माटोको सिनेमालाई गरिएको दोस्रो दर्जाको व्यवहारमा परेको सिनेमा दिमाग खराब त एक प्रतिनिधि मात्र हो। दिमाग खराबले गरेको निर्णयप्रति ऐक्यबद्धता जनाउँछौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .