ad ad

खेल


विश्वकप छनोटमा आमने–सामने हुँदै मेस्सी र सुवारेज

विश्वकप छनोटमा आमने–सामने हुँदै मेस्सी र सुवारेज

नेपालखबर
कात्तिक ३०, २०८० बिहिबार १८:२, काठमाडौँ

फिफा विश्वकप २०२६ को छनोट अन्तर्गत लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना शुक्रबार बिहान उरुग्वेसँग भिड्ने भएको छ। दक्षिण अमेरिकी छनोटमा साविक विश्वविजेता अर्जेन्टिनाले तालिकाको दोस्रो स्थानमा रहेको उरुग्वेको सामना गर्न लागेको हो। 

छनोटका ४ खेलमा अपराजित रहँदै अर्जेन्टिना शीर्षस्थानमा र २ जित एक हार र एक बराबरीसहित उरुग्वे दोस्रोस्थानमा छ।

पछिल्लो समय राष्ट्रिय टोलिमा नपरेका स्ट्राइकर लुइस सुवारेजलाई पनि यसपटक टोलिमा बोलाइएको छ। 

विश्वकप पछि उरुग्वेको टोलिमा सुवारेज थिएनन्। टोलिमा फर्किएसँगै सुवारेज र मेस्सी आमने सामने हुने भएका छन्। बार्सिलोनामा एकसाथ तहल्का पिटेका यी दुई स्टारबीच घनिस्ट सम्बन्ध छ। 

दक्षिण अमेरिकी छनोटमा नेपाली समय अनुसार शुक्रबार बिहान १ः४५ बजे बोलिभिया र पेरु, ३ः४५ मा भेनेजुवाला र इक्वेडर तथा ५ः४५ मा कोलम्बिया र ब्राजिल, अर्जेन्टिना र एरुग्वे, ६ः४५ मा चिली र पाराग्वे भिड्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .