ad ad

खेल


क्यानडाविरुद्ध नेपाली टोली संकटमा

क्यानडाविरुद्ध नेपाली टोली संकटमा

फाइल फोटो


नेपालखबर
असोज ६, २०८१ आइतबार २२:३, काठमाडौँ

आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अन्तर्गत घरेलु टोली क्यानडाविरुद्ध नेपाली टोली संकटमा परेको छ।

क्यानडाको किंग सिटी टस जितेर ब्याटिङ गरिरहेको नेपालले १२ औ ओभर सकिँदा नेपालले ३६ रन बनाउँदा ५ विकेट गुमाइसकेको छ।

ओपनर अर्जुन साउद १० रन बनाएर पेभेलियन फर्के। नेपालको शिर्षक्रमका ब्याटर सस्तैमा आउट हुँदा नेपाली टोली संकटमा आएको छ।

आशिफ शेख २, भिम सार्की ४, कप्तान रोहित पौडेल ४ र अनिल शाह १ रनमा आउट भए।

नेपाली टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाइले आजको खेलमा ओमानविरुद्धको टोलीलाई नै निरन्तरता दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .