ad ad

खेल


सिङ्गापुरमा भलिबल सिकेकी ज्याक्युशा ललितपुर क्विन्सबाट एभरेष्ट लिग खेल्ने

सिङ्गापुरमा भलिबल सिकेकी ज्याक्युशा ललितपुर क्विन्सबाट एभरेष्ट लिग खेल्ने

नेपालखबर
असोज ६, २०८१ आइतबार २१:५८, काठमाडौँ

सिङ्गापुरमा जन्म भइ उतै भलिबल सिकेकी ज्याक्युशा थापाले ललितपुर क्विन्सबाट एभरेष्ट महिला भलिबल लिग खेल्ने भएकी छिन्। जावलाखेल स्थित जावलाखेल भलिबल तालिम केन्द्रमा शनिबार भएको ट्यालेन्ट हन्ट कार्यक्रम मार्फत ज्याक्युशा ललितपुर क्विन्स छनोट भएकी हुन्।

करिब ४५ सहभागीबाट उनी छनोट हुन सफल भएकी हुन्। क्लबका प्रशिक्षक उत्सव खड्का र व्यवस्थापक श्रद्धा छेत्रीले उनलाई आइतबार क्लबमा स्वागत गरे।   

ललितपुर स्थित नखिपोटमा बस्ने ज्याक्युशा जेम्स उच्च शिक्षा संस्थानमा अध्ययनरत कक्षा १२ कि छात्र हुन्। उनको बुवा सिङ्गापुर प्रहरी भएकोले उनको बाल्यकाल सिङ्गापुरमै बित्यो।

उनले सिङ्गापुरमा आफू पढ्ने विद्यालयमा नै भलिबल सिक्ने अवसर पाइन्। सन् २०२२ मा उनको बुवा सेवानिवृत्त भइसकेपछि उनी सहित सपरिवार नेपाल फर्किए।   

पहिलो पल्ट व्यावसायिक भलिबल तर्फ पाइला सर्दै गरेकी उनी उत्साहित साथै नर्भस भएकी बताउँछिन्।

‘ठूलो प्रतियोगिताबाट नै आफ्नो करियर सुरु गर्न पाउँदा उत्साहित त छु नै, साथै नर्भस पनि महसुस हुँदै छ,’ छनोट भएपछि ज्याक्युशाले भनिन्।

‘स्कुल हुँदा अतिरिक्त क्रियाकलाप (इसीए) मा भलिबल छनोट गरेर खेल्न थालेँ। भलिबललाई आफ्नो हबीको रुपमा मात्र अघि बढाएकी थिएँ, व्यावसायिक रुपमा नै खेल्छु भनेर कल्पना गरेकी थिइन। तर अब अवसर प्राप्त भएको छ, यसको सदुपयोग गर्छु’ उनले थपिन।

५ फिट ८ इन्च कद भएकी उनी आउटसाइड हिटर खेल्छिन्।      

ज्याक्युशाको आगमनसँगै ललितपुर क्विन्सको टोली पूरा भएको छ। क्लबले विदेशी खेलाडी पनि अनुबन्धन गरिसकेको छ। विदेशी खेलाडीको विवरण भने केही दिनमा सार्वाजनिक गर्ने जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .