नेपाली राष्ट्रिय फुटबल टोलीले फिफा विश्वकप छनोटको दोस्रो चरणको पहिलो खेलमा यूएईविरुद्ध खेल्दैछ। नेपाली समय अनुसार बेलुका साढे ९ बजे हुने खेलका लागि सुरुवाती ११ सार्वजनिक गरिएको छ।
प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले दुबईस्थित अल–मक्टूम रंगशालामा हुने खेलमा नेपालका डिफेन्डर छिरिङ लामाले डेब्यु गर्ने भएका छन्।
नियमित रक्षक अनन्त तामाङ चोटका कारण खेल्न नसक्दा उनको स्थानमा छिरिङले मौका पाएका हुन्।
उनले ए डिभजन लिगमा जावलाखेल युथ क्लब बाट खेलेका थिए।
नेपालको सुरुवाती–११
किरण चेम्जोङ (कप्तान/गोलकिपर), सनिस श्रेष्ठ, रोहित चन्द, छिरिङ लामा, आशिष चौधरी, लाकेन लिम्बु, उत्सव राई, सेसेहाङ आङदेम्बे,अनिश डाँगी, जिलेस्पी जंग कार्की, अन्जन विष्ट
51
Shares
प्रतिक्रिया