विश्वकप फुटबल २०२६ को छनोट खेलमा ब्राजिलले लगातार दोस्रो हार बेहोरेको छ।
शुक्रबार बिहान कोलम्बियाले २–१ ले पराजित गरेको हो।
खेलको सुरुमै अग्रता लिए पनि ब्राजिलले त्यसलाई जोगाउन सकेन। गेब्रियल मार्टिनेली खेल सुरु भएको चौथो मिनेटमै ब्राजिललाई अग्रता दिलाएका थिए। तर घरेलु टोली कोलम्बियाले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै नतिजा आफ्नो पक्षमा पार्यो।
लुइस डियाजले चार मिनेटको फरकमा दुई गोल गर्दै कोलम्बियालाई महत्त्वपूर्ण तीन अंक दिलाए। ७५औं मिनेटमा बराबरी गोल गरेका डियाजले नै ७९औं मिनेटमा विजयी गोल गरे।
यो जितसँगै कोलम्बिया तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। ब्राजिल भने दुई स्थान तल पाँचौँ स्थानमा झरेको छ। यसअघि ब्राजिल उरुग्वेसँग २–० ले पराजित भएको छ।
उरुग्वले शुक्रबार साविक विश्व विजेता अर्जेन्टिनालाई पनि २–० ले नै पराजित गरेको छ।
भेनेजुएला र इक्वेडरले गोलरहित बराबरी खेलेका छन्। यो नतिजासँगै भेनेजुएला तालिकाको शीर्षस्थानमा पुगेको छ।
Shares
प्रतिक्रिया