ad ad

खेल


विश्वकप छनोट : यमनसँग २ गोलले हार्‍यो नेपाल

विश्वकप छनोट : यमनसँग २ गोलले हार्‍यो नेपाल

तस्बिर : सरोज नेपाल


नेपालखबर
मंसिर ५, २०८० मंगलबार २१:४, काठमाडौँ

विश्वकप छनोटअन्तर्गतको दोस्रो खेलमा नेपाल यमनसँग दुई गोलले पराजित भएको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार साँझ भएको खेलमा यमनसँग नेपाल २–० ले पराजित भएको हो। खेलको ७३ औं मिनेटमा यमनले पहिलो गोल गर्दै अग्रता लिएको थियो। त्यस्तै, अन्तिम समयमा यमनले एक गोल थप्दै २ गोल बनाएको हो। 

नेपाल रहेको समूह एचमा यमनसँगै बहराइन र यूएई छन्।

होम एण्ड अवेका आधारमा हुने खेलमा नेपालले सबै टोलीसँग समान २ खेल खेल्नेछ। 

समूहको शीर्ष २ मा रहने टोली विश्वकप छनोटको तेस्रो चरणमा प्रवेश गदा एएफसी एसियन कपमा समेत छनोट हुनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .